Aadarsh-Daily

वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलायो

ad-4p

वीरगञ्ज । शीतलहरसँगै चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले वडाहरुको चोकचोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ ।

content ad p2

तत्कालका लागि लगभग २ सय क्विन्टल दाउरा ल्याएर वीरगञ्ज महानगरपालिकाले महानगरका विभिन्न वडाको चोक, अस्पताल र सार्वजनिकस्थलमा मंगलबारदेखि  आगो बालेर ताप्ने व्यवस्था मिलाएको हो ।

content left

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नगर प्रहरी र कर्मचारीहरुको टोलीले वडा अध्यक्षहरुको समन्वयमा घणटघर, माइस्थान, मालपोत, वीर्ता चोक, नारायणी अस्पताल, श्रीराम हल चौक, मुर्लि चौक, रानीघाट मठ, बसपार्क, ६ नंबर गेट अगाडी लगायतका सार्वजनिक स्थलहरूमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको महानगरका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।

अब महानगरका ग्रामीण भेगको वडाका सार्वजनिक स्थानमा पनि दाउरा बाँडेर आगो ताप्ने व्यवस्था मिलाइने मियाँले बताए । वीरगञ्जमा शितलहरको शुरूवात भएसँगै महानगरबासीलाई राहत मिलोस् भनेर ३२ वटै वडाका सार्वजनिक स्थलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको मेयर सिंहले बताए ।

महानगरले चिसो बढेसँगै महानगरका सम्पूर्ण विद्यालयमा पुष २३ देखि माघ १ गतेसम्म आठ दिनका लागि पठनपाठन बन्द गरिसकेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily