Aadarsh-Daily

चिसो र शीतलहरबाट वडाबासीलाई राहत दिन वडाध्यक्ष कानुले मिलाए आगाे ताप्ने व्यवस्था

ad-4p

वीरगन्ज । बढ्दै गरेको चिसो र शीतलहरबाट वडाबासीलाई राहत दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाईएकाे छ।

content ad p2

वडाध्यक्ष सुशील साह कानुकाे अग्रसरतामा वडा कार्यालयले वडा नम्बर १० का विभिन्न चाेकहरुमा मंगलबार बिहान दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाइएको हाे ।

content left

मंगलबार बिहान ठाकुरराम क्याम्प अगाडी,घडिअर्वास्थित पुरानाे सत्या हल आगाडी,घडिअर्वा चाेक,अशाेकवाटीकास्थित बाबा मठिया चाेक,बनारसी चाेक,बर्णवाल चाेक,अशोकवाटिका चाेक,रानीघाट चाेक, शीवपार्बती अस्थायी प्रहरी चौकी अगाडि ,कुमारीमाइ मन्दिर अगाडि,आन्तरिक राजश्व कार्यालय अगाडी ,होली ल्याण्ड स्कुल अगाडि गरि १९ वटा स्थानमा दाउराको ब्यवस्था गरि आगो बाल्ने व्यवस्था मिलाइएको वडाध्यक्ष कानुले जानकारी दिए।

केहि दिन यतादेखी वीरगन्ज र यस आसपासका क्षेत्रमा चिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न थालेकाले वडाबासीको राहतका लागि ठाँउ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलाइएको उनले बताए ।

यसअघि वीरगन्ज महानगरपालिकाले पनि हरेक वडामा दाउरा वितरण गरेर आगाे ताप्ने व्यवस्था मिलाएकाे थियाे।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily