Aadarsh-Daily

चिसो र शीतलहरबाट वडाबासीलाई राहत दिन वडाध्यक्ष कानुले मिलाए आगाे ताप्ने व्यवस्था

ad-4p

वीरगन्ज । बढ्दै गरेको चिसो र शीतलहरबाट वडाबासीलाई राहत दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाईएकाे छ।

content ad p2

वडाध्यक्ष सुशील साह कानुकाे अग्रसरतामा वडा कार्यालयले वडा नम्बर १० का विभिन्न चाेकहरुमा मंगलबार बिहान दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाइएको हाे ।

content left

मंगलबार बिहान ठाकुरराम क्याम्प अगाडी,घडिअर्वास्थित पुरानाे सत्या हल आगाडी,घडिअर्वा चाेक,अशाेकवाटीकास्थित बाबा मठिया चाेक,बनारसी चाेक,बर्णवाल चाेक,अशोकवाटिका चाेक,रानीघाट चाेक, शीवपार्बती अस्थायी प्रहरी चौकी अगाडि ,कुमारीमाइ मन्दिर अगाडि,आन्तरिक राजश्व कार्यालय अगाडी ,होली ल्याण्ड स्कुल अगाडि गरि १९ वटा स्थानमा दाउराको ब्यवस्था गरि आगो बाल्ने व्यवस्था मिलाइएको वडाध्यक्ष कानुले जानकारी दिए।

केहि दिन यतादेखी वीरगन्ज र यस आसपासका क्षेत्रमा चिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न थालेकाले वडाबासीको राहतका लागि ठाँउ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलाइएको उनले बताए ।

यसअघि वीरगन्ज महानगरपालिकाले पनि हरेक वडामा दाउरा वितरण गरेर आगाे ताप्ने व्यवस्था मिलाएकाे थियाे।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily