Aadarsh-Daily

मधेस प्रदेश सरकार द्धारा आज स्वाभिमान दिवस मनाउँदै

ad-4p

वीरगञ्ज । मधेस प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ ।

content ad p2

आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामकरण ‘मधेस’ र स्थायी राजधानी ‘जनकपुरधाम’ पारित भएकोले प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको हो ।

content left

गत बिहीबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

आज मधेस सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्य विवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गर्दै छ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका यादवले २९ पुसमा शपथ लिएका थिए । गत पुस २९ गते मधेस सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily