Aadarsh-Daily

वीरगञ्जमा   प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक सुरु

ad-4p

 वीरगञ्ज । प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । २० औँ स्थापना दिवसको तयारीका सम्बन्धमा वीरगञ्जमा आइतवारदेखि केन्द्रीय बैठक सुरु भएको हो ।

content ad p2

आज १४ गते बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिए ।

content left

कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसका अवसरमा माघ १५ गते बिहान ८ बजेदेखि १ बजेसम्म प्रभातफेरीसहित वीरगञ्जको नगर सभा गृहमा स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम राखिको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी, विभिन्न समिति र उप समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला, एशोसियटलगायतका कमिटीका अध्यक्ष तथा प्रदेश पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहने र १५ गतेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा मन्त्री शक्ति बस्नेत लगायतको सहभागी हुने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily