Aadarsh-Daily

बैंक ऋण तिर्नुपर्दैन भन्नु गलत : ओली

ad-4p

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्नु गलत भएको बताएका छन् ।

content ad p2

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनमा अध्यक्ष ओलीले बैंकबाट ऋण लिएपछि तिर्नुपर्दैन भनेर आन्दोलन गरिनु गलत भएको समेत बताए ।

बैंकहरूका पक्षमा सकारात्मक सुनिएका ओलीले बैंकहरूले नै बनाएको वातावरणका कारण यस्तो समस्या सिर्जना भएको बताउन भने चुकेनन् ।

अरूले नाफा नकमाउने तर बैंकले यसरी र उसरी गरेर नाफा कमाउने तरिका सुधार गर्नुपर्ने ओलीको भनाइ थियो ।

‘बैंकिङ क्षेत्रविरुद्ध यत्तिकै मान्छे ब्याज तिर्नुपर्दैन भनेर लागेका छैनन्,’ ओलीले थपे, ‘ब्याज तिर्नुपर्दैन भन्ने कुरा गलत हो । तर, त्यसको आधार बैंकहरूले नै दिएका छन् ।’

त्यसैगरी ओलीले बैंकहङ पनि मिटर ब्याजी नै भएको अरोप समेत लगाए । उनले तीन महिनामै ब्याजलाई सावाँमा गाभ्ने बैंक मिटरब्याजी नै भएको आरोप लगाएका हुन् ।

‘बैंकहरूले नराम्रो नमान्नु होला । बैंकहरू पनि मिटर ब्याजी नै हो । तीन महिनामा ब्याजलाई सावाँमा गाभ्ने भनेको नै मिटर ब्याजी हो,’ ओली कड्किए, ‘तीन/तीन महिनामा ब्याजलाई सावाँमा गाभ्ने, त्यही होइन मिटरब्याजी ? ऋण लिनेले त्यसबाट लगानी गरेर प्रतिफल लिएर तिर्ने होला नि ? प्रतिफल आउनै नसक्ने गरी केही वर्षभित्र कसरी डबल हुन्छ ?’

बैंकहरूले हुनेखानेलाई बिनाधितो पनि ऋण दिने तर जसलाई ऋण चाहिएको छ र सानो पूँजीबाट केही काम गरौं भनेर इमान्दार प्रयास गर्न खोज्छ उसलाई जमिन पनि राम्रो मूल्यमा बिक्नेखालको धितो खोज्ने गरेको आरोप अध्यक्ष ओलीले लगाए ।

‘बैंक आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन, त्यो हेर्दैन,’ उनले भने, ‘ऋण असुल गर्ने र धितो लिलाम बैंकको मात्रै काम होइन । ऋण सदुपयोग भएको छ कि छैन त्यो पनि बैंकले हेर्नुपर्छ ।’

content left

बैंकमा ऋण लिँदा ब्याज घटाउन र बढाउन सक्ने भनेर लेख्ने र त्यसकै आधारमा ब्याजदर आफूखुसी बढाउने गरेको आरोप उनको छ ।

‘बैंकमा ऋण लिए पनि ब्याजदर घटाउने कहिल्यै कुरा हुँदैन,’ उनले भने, ‘दुईपक्षीय सहमतिबिना ऋणको ब्याज घटबढ गर्न नपाइने व्यवस्था हुनपर्छ,’ उनले भने, ‘बैंकले एकतर्फी ९ प्रतिशतमा लिएको ऋण १२ हुँदै १४ प्रतिशत पुग्छ । ऋण तिर्न जाँदा लिएर गएको पैसाले नपुग्ने गरी हिसाब बनाएको हुन्छ ।’

ब्याजदरको सम्झौता बदल्नुपर्छ भने ऋण दिने र लिने दुवैको सहमतिमा मात्रै बदल्नुपर्ने उनले बताए ।

‘९ प्रतिशत तिर्न सक्छु भनेर लिएको १४ प्रतिशत कहाँबाट तिर्न सक्छ ? प्रतिफल आउन नसक्ने गरी हामीलाई मर्का पर्‍यो बढायौं भन्न बैंकले मिल्दैन,’ अध्यक्ष ओलीले बैंकप्रति कटाक्ष गरे, ‘ऋणीलाई परेको मर्का के ? आफ्नो मात्रै मर्का हेरेर बैंक चल्ने होइन । बैंकले यस वर्ष यति अर्ब मुनाफा भन्ने अनि ऋणी के हुन्छ हेर्नुपर्दैन ?’

बैंकले निक्षेपकर्ता र ऋणी नै बैंकका जीवन हुन् भनेर बुझ्नुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्था र बीमाका सम्बन्धमा प्रश्नहरू उठेको भन्दै त्यसमा उपयुक्त दृष्टिकोण के हुनसक्छ भनेर ओलीले प्रश्न गरे ।

‘ब्याजदर, नाफा, कसले ऋण पायो र कसले पाएन भनेर प्रश्न उठेको छ । ऋण जसले पाउनुपर्ने हो, त्योभन्दा बढी केही घरानाले सारा बैंकलाई उपयोग गरेका र फाइदा लिएका छन् भन्ने छ,’ ओलीले भने, ‘यसमा कहाँ नीतिगत र व्यावहारिक सुधार गर्नुपर्छ ? बढिभन्दा बढी उत्पादनमूलक र रोजगारीका अवसर सिर्जना गर्ने र जनताले फाइदा लिनसक्ने वित्तीय क्षेत्रलाई कसरी बनाउने निष्कर्ष निकाल्नुपर्छ । विग्रह भएपछि होइन विग्रह पैदा हुनुअघि समाधान दिनुपर्छ ।’

बीमा सम्बन्धमा धेरैले करकापले बीमा गर्ने र २÷३ किस्ता बुझाएपछि छाड्ने गरेको भन्दै त्यो छाडेको बिमितको रकम बीमाको नाफामा जाने गरेको अध्यक्ष ओलीले आरोप लगाए ।

‘बीमा गर्नेले लागत कति हो कटाएर फिर्ता गर्नुपर्ने हो कि होइन?,’ ओलीले प्रश्न गरे, ‘प्रिमियम तिर्न नसक्नेको सबै पैसा ल्याप्स नै हुने हो?’

सर्वसाधारणको मर्का हटाउने विषय आफ्नो विषय बनाएर नीति बनाउनुपर्ने उनको तर्क छ । किस्ता तिर्न नसक्ने बिमितको पैसा फिर्ता गर्नुपर्ने अन्यथा लुटेको ठहरिने उनको भनाइ थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily