Aadarsh-Daily

सीके राउत समाजवादको विपक्षमा

ad-4p

सीके राउत नेतृत्वको जनमत पार्टी समाजवादी व्यवस्थाको विपक्षमा स्पष्ट खुलेको छ । पार्टीका अध्यक्ष राउतले २१ माघमा बसेको सचिवालय बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा समाजवादलाई भ्रमको संज्ञा दिएका छन् ।

content ad p2

राउतले विद्यमान समस्यालाई समाजवादले हल गर्न नसक्ने भन्दै पुँजीवादी क्रान्तिपछि मात्रै समाजवाद ल्याउन सकिने उल्लेख गरेका छन् ।

content left
वृहत शान्ति सम्झौता, नेकपा (माओवादी) ले नेकपा (एमाले) सँग गरेको पार्टी एकता र नेपालको संविधान २०७२ ले समेत समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य लिएपछि समाजवादप्रति बनेको स्वतः धारणालाई पुनर्विचार गर्नुपर्ने देखिएको राउतले अगाडि सारेको राजनीतिक प्रस्तावको निष्कर्ष छ ।
राउतले नेपालमा पुँजीको आकांक्षा राख्ने, तर पुँजीवादको विरोध गर्ने मानसिकता रहेको भन्दै यसले राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसकेको तर्क गरेका छन् । जनमतको प्रस्तावमा अगाडि उल्लेख छ, ‘यदि नेपाललाई धनी र समृद्ध बनाउनु छ भने सबभन्दा पहिला नेपाली समाजको अन्तस्करणमा रहेको पुँजी, पुँजीवाद र पुँजीपति प्रतिको घृणा हटाउनु पर्दछ । विशाल पुँजीको अपेक्षा गर्ने अनि पुँजीवाद र पुँजीपतिसँग शत्रुता गर्ने कुरा हुन सक्दैन ।’
राउत पुँजीपतिमाथि प्रश्न गरेर धनी हुन नसकिने तर्क गर्दै समाजवादी पक्षधरमाथि चर्को रूपमा खनिएका छन् ।
समाजवादमा नागरिकको जिम्मेवारी राज्यले लिँदा प्रतिस्पर्धा गर्ने प्रेरणा प्राप्त नहुने र त्यसले विकास सम्भव नहुने विश्लेषण राउतले गरेका छन् ।

राउतले समाजवादलाई भाग्यवादी भएको भन्दै यसलाई नेपालको विकासको बाधकका रूपमा प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘समाजवाद धनी बनाउने वा समृद्ध बनाउने राजनीतिक दर्शन नै होइन, यो सबैलाई गरीब बनाउने दर्शन हो ।’

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily