Aadarsh-Daily

७ लाख भन्दा बढीको भन्सार छलीका सामग्री पर्सा प्रहरीद्वारा बरामद

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

content ad p2
content left

भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि व्यक्तिहरु सामान छोडेर फरार भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनकाअनुसार नक्शा प्रिन्ट गर्ने मेशिन (स्काई कट मेशिन) १ थान, प्लटिङ् पेपर १ रोल, लेडिज सर्ट २ थान, ट्रमनील ट्याब्लेट २ हजार १६८ पत्ता, ९४ किलोग्राम काचो सुपारी, अफ्जल मिन्ट फ्लेवर ६० किलोग्राम, साडी १ थान, कुर्ता सुरुवाल २ थान र २० जोर जुत्ता बरामद गरिएको हो ।

बरामद सामग्रीलाई वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily