Aadarsh-Daily

रौतहटमा समाचार संकलनमा पुगेका पत्रकार माथि चिनी मिलका मालिकद्वारा कुटपिट

ad-4p

रौतहट । समाचार संकलनमा पुगेका पत्रकारमाथि रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा निर्घात कुटपिट भएको छ । पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन् ।

content ad p2
content left

किसानले लगेको १०० क्विन्टल उँखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि किसानहरू आन्दोलनमा उत्रिएका थिए । त्यहा समाचार संकलनको लागि पुगेका पत्रकार तिवारीमाथि सञ्चालक अजय प्रकाशकै मिलोमतोमा कुटपिट भएको बताइएको छ ।

संचालककै मिलेमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन् । आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको उनको आरोप छ ।
घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न मिल सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । पत्रकारसंग सम्बन्धित विभिन्न संघसंस्थाले विज्ञप्ती जारी गर्दै यो घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily