Aadarsh-Daily

बसले किचिएर बारामा २ वर्षिया बालिकाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

ad-4p

बारा । बारामा बसले किचिएर २ वर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका वडा नं ३ संजगंजमा यात्रुवाहक बसले किचिएर बालिकाको मृत्यु भएको हो ।
कलैयाबाट संतगंज जादै गरेको ना ३ ख ९९९० नंबर ( बाबा डिलक्स ) को यात्रुवाहक बसले किचिएर त्यही बसमा सवार रहेकी २ वर्षिया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं ८ बस्ने अन्तिमा कुमारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले रुटिन अफ बारा अपडेट लाई जानकारी दिए ।

content ad p2
content left

मृत बलिका आफ्नो आमासँग कलैयाबाट मामाघर भारतको अठमुहान जादै थिईन्। बसबाट तल झरेर जाने क्रममा बसले किचिएर गम्भीर घाइते भएकी अन्तिमालाई प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन।

मृत्यु पछी संतगंजको अवस्था तनावग्रस्त बनेको थियो भने स्थानियहरुले बसमा आगजनी र तोडफोड गरेका थिए। बस चालक कलैया उपमहानगरपालिका वडा नं २७ बस्ने ४० वर्षिय मुरारी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily