Aadarsh-Daily

नापी कार्यालयका सर्वेक्षकसहित दुईजना १ लाख घुससहित समातिए

ad-4p

वीरगन्ज । सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्वेक्षक र अर्का एक लेखापढी व्यवसायी पक्राउ परेका छन् ।

content ad p2
content left

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नापीका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र उनीसँग मिलेमतो गर्ने लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो ।

दुईजना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

चौलागाईं र पोखरेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily