Aadarsh-Daily

बिरगंज यातायात कार्यालयमा हुदा कालोमसो दलिएका अधिकृत रंजित साह गौर यातायात कार्यलयमा लुट मचाउदै

ad-4p

बिरगंज । केही समय पहिला बिरगंज यातायात कार्यालयमा घुसखोरी गरि लुट मचाएका यातायात ब्यवस्थाका सहायक अधिकृत रंजित साह अहिले गौर यातायात कार्लयममा सेवाग्रही संग खुलेआम घुस मागी रहेको भिडियो बाहिरीएको छ । उनले भोला नाम गरेका ब्यक्ति लाई ५ सय रुपैया दिए पछि सब काम हुने बताइ रहेका छन । यातायात व्यवस्था कार्यालय गौरमा अहिले उनले घुसखोरी लाई चरम सिमामा पुर्याएका छन । सवारी साधनको सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्ने बेलामा इन्स्योरेन्सको कागज बिना नै उनले नवीकरण गरि रहेको पाइएको छ ।

content ad p2
content left

यसका लागि उनले हरेक सेवाग्राही संग ५०० का दर ले घुस लिईरहेको पाइएको छ । सवारी दर्ता प्रमाणपत्र नविकरण गर्न अनिवार्य रुपले गाडीको इन्स्योरेन्स हुनु पर्ने हुन्छ तर सहायक शाखा अधिकृत समेत रहेका रन्जित साहले आफ्नै कक्षमा घुस मागी नविकरण गरिदिने गरेका छन । उनले सवारी साधनको इन्स्योरेन्स गराउनका लागि १७ सय रुपैया लाग्ने गरेको तर उनले ५ सय देखि ७ सय घुस लिएपछि नविकरण गरिदिने गरेका छन ।

बिरगंज यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र शाखामा रहदा उनलाई कालोमोसो दलिएको थियो। वीरगन्ज यातायात बाट यातायात व्यवस्था कार्यालय गौर सरुवा भएपनि साह वीरगन्जमै अड्डा जमाएर घुसखोरी गरि जनता लाई दुख दिने गरेका थिए । अहिले सोहि रोबैया यातायात ब्यवस्था कार्यलय गौरमा समेत अपनाएका छन।गौर जिल्ला यातायात व्यवस्था कार्यालयमा उनले आफूमातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा चरम घूस लिने गरेका छन ।

यातायात ब्यवस्था कार्यलय गौरमा सहायक अधिकृत रंजित साह ले खुला रुपमा घुसखोरी गरि भ्रष्टाचार लाइ चरम सिमामा पुगाएपनी जिल्ला प्रशासन कार्यलय गौर ले ध्यान नदिनु शन्खाको विषय बनेको छ । त्यस्तै अख्तियार अनुसन्धान आयोग जनकपुर, हेटौंडा र अख्तियार अनुसन्धान कार्यलय टङाल ले समेत ध्यान नदिइएको पाइको छ । यो सामाचार प्रहार डेलीबाट साभार गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily