Aadarsh-Daily

वीरगन्जमा जारी टि–१५ च्यारिटी क्रिकेट: एम. एस धोनी फ्यान क्लब ७३ रनको फराकिलो अन्तरले विजयी

ad-4p

वीरगञ्ज । एम.एस धोनी फ्यान क्लबले इम्प्रुभिङ्ग वीरगञ्ज क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा जारी टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीताअन्र्तगत बिहिवार भएको खेलमा एम.एस धोनी फ्यान क्लब ७३ रनको फराकिलो अन्तरले विजयी भएको हो । टस जितेर ब्याटिङ् गरेको एम.एस धोनी फ्यान क्लबले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पारेको थियो ।

content ad p2
content left

रवि यादवले सर्वाधिक रन बनाए । उनले २६ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५९ रन बनाए । धन्नजय गुप्ताले ११ बलमा ४ चौका प्रहार गर्दै २८ रन बनाए । रोहन सर्राफले २० रन जोडे । इम्पु्रभिङ् वीरगञ्जका समित श्रीवास्तवले ३ ओभरमा ३ विकेट लिए । अभिषेक साह र सिवेश खड्गीले १/१ विकेट लिए । १६५ रनको विशाल लक्ष्य इम्प्रुभिङ् वीरगञ्जले भेटाउन सके ।

निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९१ रनमै समेटियो । इम्प्रुभिङ् वीरगञ्जलाई सस्तैमा समेट्न एम.एस धोनी फ्यान क्लबका आशिम अन्सारीले ३ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए । धन्नजय गुप्ता र भुलन अन्सारीले २/२ विकेट लिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily