Aadarsh-Daily

वीरगन्जमा जारी टि–फिफ्टीन च्यारिटी क्रिकेट : सान्भी फाउन्डेसनलाई हराउँदै फाइनलमा पुग्यो एम.एस धोनी फ्यान क्लब

ad-4p
content left

वीरगन्ज । रामनिवास पटेल । वीरगन्जमा जारी टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीतामा शुक्रबार भएकाे खेलमा एम.एस धोनी फ्यान क्लब विजयी भएकाे छ।

वीरगन्जको आदर्शनगर रंगशालामा भएकाे दोस्रो सेमि-फाइनल प्रतियोगीतामा एम.एस.धाेनी फ्यान क्लबले सान्भी फाउन्डेसन नेपाललाई ३२ रनको अन्तरले पराजित गर्दै फाइनल खेलका प्रवेश गरेको छ।

टस जितेर ब्याटिङ् गरेको एम.एस धोनी फ्यान क्लबले १४.५ ओभरमा ८ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो । रोहन सरार्फले सर्वाधिक रन बनाए । निर्धारित मध्ये १२ ओभरमा सान्भी फाउन्डेसनले १० विकेट गुमाएर ७३ रनमै समेटियो ।

प्रतियोगीतामा रोहन सरार्फ प्लेयर अफ दी म्याच घोषित भए । भोलि शनिबार हुने खेलमा एम.एस धोनी फ्यान क्लब र स्प्रिट क्लब वीरगञ्ज भिड्नेछन् ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily