Aadarsh-Daily

पर्सामा ट्राफिक प्रहरीद्वारा ६ महिनामा १ कराेड २ लाख राजश्व संकलन

ad-4p

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको पहिलाे ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी गत साउनदेखि पुषसम्म एक करोड दुई लाख ५१ हजार राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए।

content ad p2
content left

पछिल्लो ६ महिनाकाेअवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० वटा सवारीमाथि कारबाही गरिएको खतिवडाले जानकारी दिए। गत आर्थिक वर्ष २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी तीन करोड ४२ लाख ६५ हजार राजस्व संकलन गरेको थियो।

ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ। यस्तै, पछिल्लो ६ महिनाकाे अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनमा २७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन्। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily