Aadarsh-Daily

पर्साको धोबिनी गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरियाे

ad-4p

पर्सा । पर्साको धोबिनी गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ । आइतबार धाेबिनी गाँउपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणा गरिएको हो । पूर्ण खाेप घाेषणा कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख तथा जिल्ला खोप समन्वय समिति पर्साका सभापति अजय सर्राफले गाँउपालिका अध्यक्ष मदन चौहानलाई पूर्णखोप घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरे ।

content ad p2
content left

यहि माघ २६ गते जिल्ला खोप समन्वय समिति पर्साको टोलीले धाेबिनी गाँउपालिकाकाे विभिन्न वडाकाे स्थलगत अनुगमन गर्दै सर्भे गरेपछि कोही पनि बालबालिका खोपबाट वञ्चित नभएको फेला पारेपछि माघ २८ गतेका दिन पूर्णखोप घोषणा गर्ने सिफारिश गरेको थियो । सर्भेको क्रममा २३ हजार ३६६ जनसङ्ख्या रहेको धाेबिनी गाँउपालिकामा १५ महीनामुनिका ५५९ जना र १६ देखि ५९ महीनासम्मका एक हजार ५२८ जना बालबालिका फेला परेका थिए।

आइतबारकाे पूर्ण खाेप घाेषणा कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख सर्राफले पर्साका १४ वटा पालिकामध्ये १३ वटा पूर्णखोप घोषणा भएको र अब कालिकामाई गाँउपालिका मात्र घोषणा हुन बाँकी रहेकोमा त्यसलाई पनि चाँडै घोषणा गर्ने तयारी भइरहेको बताए ।

गाँउपालिकाका अध्यक्ष चौहानको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साह, गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह, युनिसेफका प्रतिनिधि रणराज राना, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, धोबिनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जय यादव, पाँचवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य,महिला स्वयंसेविका लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily