Aadarsh-Daily

वीरगन्ज सुपर लिग सिजन-२ फागुन २० देखि

ad-4p

पर्सा । पर्साका क्रिकेट खेलाडीहरुकाे क्षमता विकासका लागि वीरगन्ज सुपर लिग क्रिकेट प्रतियाेगिता आयाेजना हुने भएकाे छ।वीरगन्ज युथ स्पाेर्टस् एकेडेमीले आगामी फागुन २० गतेदेखि वीरगन्ज सुपर लिग सिजन-२ आयाेजना गर्न लागेकाे हाे ।

content ad p2
content left

नारायणी रंगशालाकाे क्रिकेट म‌ैदानमा फागुन २६ गतेसम्म चल्ने लिगमा पर्सा जिल्लाका मात्र टिमलाई सहभागी गराइने एकेडेमीका हासिम अन्सारीले जानकारी दिए।लिगमा ४ देखि ६ वटा टिमले भाग लिने अनुमान रहेकाे भन्दै उनले त्यसकाे टुङ्गो फागुन ४ गते लाग्ने बताए । पर्सा जिल्लामा छरिएर रहेका क्रीकेट खेलाडीहरुको शारीरिक ,मानसिक र खेलको स्तर उकास्ने उदेश्यले लिग आयोजना गर्न लागिएको उनले बताए ।

अन्सारीका अनुसार,लिगकाे विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिनेछ । प्रत्येक खेलकाे म्यान अफ दी म्याच घाेषित हुने खेलाडीलाई नगद १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै प्रतियाेगिताका सर्वाेत्कृष्ट खेलाडी नगद ५ हजार तथा सर्वाेत्कृष्ट व्याट्सम्यान र सर्वाेत्कृष्ट बलरलाई जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिने अन्सारीले जानकारी दिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily