Aadarsh-Daily

नक्कली छाप र जरायोको जस्तो देखिने सिङसहित तीन युवक पक्राउ

ad-4p

पोखरा । विभिन्न संघसंस्थाको नक्कली छाप र जरायोको जस्तो देखिने सिङसहित ३ युवक पक्राउ परेका छन् । पोखराको नयाँबजारस्थित ब्लु होम डेकोरबाट सरकारी कार्यालय, वडा कार्यालयको छापसहित पक्राउ गरेको हो ।

content ad p2
content left

वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण व्युरोको टोलीले बुधबार राती पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरनचौर घर भइ नयाँबजार बस्ने २८ वर्षीय सलिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र नयाँबजार बस्ने २९ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उनीहरुको साथबाट २४ थान छाप र जरायोको जस्तो देखिने २ वटा सिंह बरामद गरिएको विकले जानकारी दिए । यस्तै छाप बनाउन प्रयोग गरिने केइसी लेखेको मेसिन, हाइटेक लेखेको मनिटर र १ थना सिपियु बारमद गरिएको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनको भनाइ छ । जरायो जस्तो देखिने सिंहसहित थप अनुसन्धानमा डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily