Aadarsh-Daily

पर्सा प्रहरी द्धारा हतियारसहित २ जनालाई पक्राउ

ad-4p

वीरगन्ज । पर्साबाट प्रहरीले हतियारसहित २ जनालाई पक्राउ गरेको छ । पर्साको बहुदमाई नगरपालिका वडा नम्बर ९ स्थित सडकखण्डबाट प्रहरीले १ थान नलकटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।

content ad p2

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले ना. १२ प ४९७१ नम्बरको मोटरसाइकलबाट नलकटुवा पेस्तोल बरामद गरेको हो ।

content left

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बस्ने ४३ वर्षीय दिपेन्द्र गिरीलाई खानतलासी गर्दा कालो रङ्को ज्याकेटको वायाँ पट्टीको गोजीमा लुकाईछिपाई राखिएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले मोटरसाइकलको पछाडी सवार रहेका पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाईपनि नियन्त्रणमा लिइएको बताए ।

दुवै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily