Aadarsh-Daily

देशभरका ११ उपमहानगरमा कलैया प्रथम

ad-4p

बारा । देशभरका स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा ११ वटा उपमहानगरपालिकामा बाराकाे कलैया उपमहानगरपालिकाले पहिलाे स्थान प्राप्त गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगले प्रदेश सरकार र स्थानीय तहको कार्यसम्पादन मुल्यांकन बापत प्राप्त गरेको अकं सम्बन्धि प्रकाशित गरेकाे विवरण अनुसार देशभरिका ११ वटा उपमहानगरपालिकामध्ये कलैया उपमहानगरपालिकाले प्रथम स्थान हासिल गरेको हाे।

content ad p2
content left

कलैयाले ४०.९३ अंक प्राप्त गरि पहिलो स्थान प्राप्त गरेकाे हाे। यस्तै हेटौंडा उपमहानगरपालिका ३७.११ अंकका साथ दोस्रो रधरान उपमहानगरपालिका ३५.५६ अंकका साथ तेस्रो भएको छ।ईटहरी उपमहानगरपालिकाले २२.०७,धरानले ३५.५६,जनकपुरले २१,जीतपुरसिमराले २३,बुटवलले ३५.४१,तुलसिपुरले ३४.३९,घोराहीले ३०.९०,नेपालगन्जले २३.६४ र धनगढीले ३४.७३ अंक प्राप्त गरेका छन् ।

कार्य सम्पादन मुल्यांकनमा देशभरकै उपमहानगरमा कलैया पहिलो भएकोमा खुशी व्यक्त गर्दै कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले प्रमुख प्रशासकिय अधिकृत नाथु साहको अनुभव र कार्यक्षमता तथा कर्मचारीको प्रयासले यो नतिजा हासिल गर्न सकिएको प्रतिक्रिया दिए। प्रमुख प्रशासकिय अधिकृत नाथु साहले पहिलाे स्थान प्राप्त गर्दा अब कलैया उपमहानगरले संघीय सरकारले उपलब्ध गराउने बजेटमा अन्य उपमहानगरपालिका भन्द केही बढी बजेट प्राप्त गर्ने बताए ।

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily