Aadarsh-Daily

सर्लाहीमा कारमा राखेको ११६ किलो अवैध गाँजासहित एकजना पक्राउ

ad-4p

सर्लाही । सर्लाहीबाट ११६ किलो अवैध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ का ३० वर्षीय सूर्य परियार रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

content ad p2
content left

उनलाई सर्लाहीको बागमती नगरपालिका ३ नयाँ बस्ती चौक स्थित नयाँरोडबाट बागमती प्रदेश ०१–०२६ च ५१५९ नं. को कारमा लुकाइ राखेको राखेको गाँजासहित पक्राउ गरेको हो ।

लुकाइ राखेको १० पोका गाँजासहित पक्राउ गरी तौल गर्दा ११६ किलो भएको डिएसपी थारुले बताए । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily