Aadarsh-Daily

गंगा नुहाउन हिंडेका तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुदाँ २२ जनाको मृत्यु

ad-4p

भारतको उत्तर प्रदेशमा शनिबार तीर्थयात्री सवार ट्याक्टर पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । १० जना घाइतेपनि भएका छन्। उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा उक्त दुर्घटना भएको हो।

content ad p2
content left

दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले बताए । भारतीय प्रहरीका अनुसार गंगा स्नान गर्न जाँदै गरेका तीर्थयात्रीहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर चालकले अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय प्रहरीले जनाएको छ।

उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने भारतीय प्रहरीले जनाएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकहरुप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन्।

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily