Aadarsh-Daily

पर्साको तिलावे पुलबाट गाँजासहित एक जना पक्राउ

ad-4p

वीरगन्ज,१३फाल्गुनःपर्साको तिलावे पुल नजिकबाट प्रहरीले लागु पदार्थ गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका ५५ बर्षिय मोखु राउत कुर्मी रहेका छन् ।उनको साथबाट १ किलो १ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

content ad p2
content left

वीरगन्ज महानगरपालिका वडा नम्बर १९ तिलावे पुलस्थित सडकमा अस्थायी प्रहरी चौकी विन्दवासिनीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार कुर्मीको शरीर खानतलासी गर्दा उनले आफ्नै शरीरमा लुकाइ छिपाइ राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका कुर्मीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए ।

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily