
सर्लाही । सर्लाहीको हुलाकी सडकखण्डमा स्कार्पियाेले माेटरसाइकललाई ठक्कर दिदाँ राैतहटका दुई युवककाे मृत्युु भएकाे छ। सर्लाहीको काैडेना गाँउपालिका ३ स्थित हुलाकी सडकमा साेमबार राति साढे ८ बजे भएकाे दुर्घटनामा माेटरसाइकलमा सवार राैतहटकाे माधवनारायण नगरपालिकाका दुई युवककाे मृत्यु भएकाे हाे।मृत्युु हुनेमा माधवनारायण नगरपालिका ६ का २३ बर्षिय सियानन्द महताे र वडा नम्बर ८ का १९ बर्षिय अजय महताे रहेका छन्।

प्रहरीका अनुसार, जन्ति जाँदै गरेका महताेद्वय सवार बिआर ०६ सिवाई ५०८६ नम्बरको माेटरसाइकललाई सर्लाहीकाे काैडेना र मुसैली बिचकाे हुलाकी सडकमा विपरित दिशाबाट आउँदै गरेकाे एचआर ५९ ए ०१३१ नम्बरको स्कार्पियाेले ठक्कर दिदाँ महताेद्वय गम्भीर घाइते भएका थिए ।
प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरी दुवैलाई थप उपचारका लागि वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा पठाइएकोमा चिकित्सकले दुवैलाई मृत घाेषित गरेकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।स्कार्पियाे प्रहरीको नियन्त्रणमा रहेकाे र त्यसका चालक भने फरार रहेकाे सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियार थारुले बताए ।

