Aadarsh-Daily

रिहा भए संसद भवनभित्र छिरेर नारावाजी गर्नेक्रममा पक्राउ परेका लघुबित्त पीडित

ad-4p

काठमाडौं । संसद् भवनभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका दुई दर्जन लघुबित्त पीडित महिला रिहा भएका छन् । सोमबार नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरू बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका उनीहरू बुधबार राति रिहा भएका हुन् ।

content ad p2
content left

देशभरबाट आन्दोलनका लागि काठमाडौं भेला भई लघुवित्त पीडितहरू संसद् बैठक चलिरहेको बेला उनीहरू त्यहाँ पुगेर नाराबाजी गरेका थिए । सोमबार संसद् भवन छिर्नेमा ३५ जना थिए । पक्राउ परेकालाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको थियो । यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको थियो ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका समेत बताएका थिए । देशका विभिन्न स्थानबाट न्याय माग्न हिँडेर काठमाडौं आएका लघुवित्तपीडित अहिले गौशालाको भण्डारखाल जाने गेटको छेउमा रहेको खाली ठाउँमा बसेका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily