Aadarsh-Daily

मेयर बालेनले मानसिक याताना दिएको महिला कर्मचारीको आरोप

ad-4p

काठमाडौं । काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएकी छिन् । महानगरकी वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएकी हुन् । महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर मेयर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ ।

content ad p2
content left

घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ । ‘अफिस जाउँ भने कुर्सी टेबल केही छैन, नजाउँ भने सानो गल्तीले जागिर जान्छ । प्रशासनमा चरम राजनीति छ । मेयरले आफ्नो कार्यालयमा के भइरहेको छ भनेर हेर्नुपर्ने हो । तर हेरेका छैनन्,’ अनलाइनखबरसँग उनले गुनासो गर्दै भनिन्, ‘मेरो एउटै माग भनेको मलाई पदीय जिम्मेवारी दिनुपर्छ भन्ने हो । अरु केही होइन ।’उनले सामाजिक सञ्जालमा स्टाटस राखेर आफूमाथि अन्याय भएको बताएकी छिन् ।

सचिवालय भन्छ : थाहा छैन, बुझ्दै छौं

मेयर साहको सचिवालयले भने यो विषयमा थाहा नभएको भन्दै स्टाटस आएपछि बुझ्ने काम भइरहेको जनाएको छ । ‘मेयर ज्यूले त उहाँलाई चिन्नुपनि हुँदैन होला । उहाँले भनेको विषयमा बुझिरहेका छौं । अब मानसिक दबाब, तनावको कुरा त कसले गर्छ र ?,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने । उनले यसो किन भनेको विषयमा अनभिज्ञ रहेको भन्दै शाहले बुझेर मात्रै बोल्ने बताए ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily