Aadarsh-Daily

पर्सा र बाराका २ जनासहित ४ युवक अनलाईनबाट ठगी गर्ने पक्राउ

ad-4p

वीरगञ्ज । पर्सा र बाराका २ जनासँगै ४ जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । अनलाइनमार्फत ४९ लाख ५८ हजार ८ सय रुपैयाँ थगी गरेको आरोपमा नेपाल प्रहरीले ४ युवकलाई पक्राउ गरेको हो ।

content ad p2

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने २४ वर्षीय आकाश साह सोनार, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ११ घर भई गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक राम, सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई हाल काठमाण्डौको पूरानो बानेश्वर बस्ने २१ वर्षीय आदित्य कुमार सिंह र सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

content left

फेसबुक, ह्वाट्सएप, ईमो, भाइवर, टिकटक, इन्ष्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गरेको आरोपमा पक्राउ परेका चारै जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उनीहरुविरुद्ध अहिलेसम्म पाँच जनाले उजुरी दर्ता गरेका छन् । घटनाको सम्बन्धमा हामीले थप अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरुले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क स्थापित गरेर महँगा मूल्यका मोवाइल, आईफोन, सुनका गहना, जुत्ता र कपडा विदेशबाट मगाइदिने, विदेशमा आकर्षक तलबसहितको जागिर लगाइदिने लगायतका प्रलोभनमा पारेर ठगी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुको साथबाट सात थान मोवाइल सेट, १६ थान सिमकार्ड, २१ थान विभिन्न बैंकका एटीएम कार्ड, १६ थान विभिन्न बैंकमा रकम डिपोजिट गरेका रसिद, ४ थान चेक, राहदानी, सवारी चालक अनुमति पत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily