Aadarsh-Daily

माओवादीको एमालेसंग नयाँ समीकरण

ad-4p
content left

काठमाडौं,२१फाल्गुन:नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धन भत्किएको छ । वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बन्ने लगभग पक्का भएको छ।

content ad p2

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै नयाँ मन्त्रीमण्डल पुनर्गठन गर्नेछन्।

ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले चाहानुभयो भने आजै मन्त्रीमण्डल पुनर्गठन हुन्छ।’

नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् । सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ । स्रोतका अनुसार पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित भैसकेको छैन ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily