Aadarsh-Daily

बारामा २३२ बाेत्तल लागु औषधिसहित एक भारतीय पक्राउ

ad-4p

बारा,२३फाल्गुन:बारामा सशस्त्र प्रहरीले भारतबाट लुकिछिपी नेपाल ल्याइँदै गरिएको ठूलो परिमाणको प्रतिबन्धित औषधि बरामद गरेको छ । भारतकाे दसगजासितै जोडिएको विश्रामपुर गाउँपालिका–१ को बङगरी खोला हुँदै ल्याइँदै गरिएको ‘ओनरेक्स’ नामको प्रतिबन्धित औषधिसहित एक जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।

content ad p2
content left

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्लाअन्तर्गत हरपुर गाउँ पञ्चायत वडा नम्बर २ का २२ वर्षीय सोनुकुमार साह रहेका छन् । बोरामा टाउकोमा बोकी नेपाल ल्याइँदै गरिएको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले २ सय ३२ बोतल ओनरेक्स बरामद गरेको सीमा सुरक्षा बल ‘बोर्डर आउटपोस्ट’ बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

लागूऔषधका रूपमा प्रयोग गरिने यो ‘अल्कोहल’युक्त झोल औषधिसहित पक्राउ परेका साहलाई थप कानुनी कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको उनले बताए ।साभार:ईकान्तिपुरबाट

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily