

पर्सा / पर्साको बीरगंज महानगरपालिका वडा नं.–११ श्रीपुर स्थित श्री नेपाल रास्ट्रिय बिधापिठ मा.वि विद्यालयको नयाँ अध्यक्ष पदमा स्थानीय समाजसेवी सुन्दर कुर्मी सर्वसम्मत चयन भएका छन् ।
विद्यालयको पुरानो समितिको कार्यकाल सकिएपछि गत फाल्गुन महिना १२ गते भएको अभिभावकहरुको भेलालाई निरन्तरता दिदै ४ सदस्यहरुको मनोनित सदस्यमा छनौट परेका कुर्मीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।
वडाका अध्यक्ष श्री अजय कुमार चौरासिया , शिक्षक, अभिभावकको उपस्थितिमा ४ जना नयाँ सदस्यहरुमा सुन्दर कुर्मी , श्रीराम महतो ,सुगन्धि देवी ,भजान्ति देवीलाई छनौट गरिएको थियो ।
मिति २०८०/ ११ / २२ गते मंगलबारको निर्णयले विनोद कुमार महतो ,भगवती शाहलाई मनोनित गरेसंगै अन्य पदाधिकारीको समेत टुंगो लागेको प्रधानाध्यापक अनिल कुमार बर्नवालले जानकारी दिए ।

