
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको शपथ लिएका हुन् ।
त्यस्तै, जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा शपथ खुवाइएको हो ।

