Aadarsh-Daily

वीरगन्जमा तस्करी गरी ल्याइएको जुत्ता-चप्पल बरामद

ad-4p

वीरगन्ज । भारतबाट तस्करी गरी ल्याइएको जुत्ता चप्पल प्रहरीले वीरगन्जबाट बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर घण्टाघर सडक खण्डकाे एक कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा जुत्ताचप्पल बरामद गरेको हो ।

content ad p2
content left

भारतबाट ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त गोदाममा छापा मारेर बेवारिशे अवस्थामा जुत्ताचप्पल बरामद गरेको हाे।

गोदामबाट ६ सय ९५ जोर जुत्ता, ३७ पिस सुपर क्लिक क्रिम र प्लाष्टिकको लेडिज चप्पल २६ जाेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद जुत्ता, चप्पल लगायतका बस्तुको मूल्य करिब ७ लाख ५ हजार रुपैयाँ रहेको छ । बरामद जुत्ताचप्प आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएक पर्साका प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily