Aadarsh-Daily

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा एमालेकाे दाबी

ad-4p

काठमाडौं । नेकपा एमालेले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ। रौतहटको चन्द्रनिगाहपुरमा आइतबार बसेको एमाले मधेस प्रदेश कमिटीको बैठकले मधेस सरकारकाे मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो।

content ad p2
content left

मधेश प्रदेश सभामा‌‌ एमाले सबैभन्दा ठूलो दल भ‌एकाले स्वाभाविक रुपमा मधेस सरकारकाे नेतृत्व आफ्नो दलले पाउनुपर्ने निर्णय गरेको एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए। मधेस र मधेसी जनताको समृद्धि एमाले नेतृत्वले मात्रै दिन सक्ने भन्दै उनले त्यसका निम्ति एमालेको नेतृत्वमा सरकार बनाउन केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए।

एमालेका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनै पनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दाबी छाड्न नहुने भन्दै यसका लागि आफूले पनि केन्द्रीय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। भट्टराईले मधेस जनताको जनमत एमाले नेतृत्वको सरकारका लागि भ‌एकाे दाबी गर्दै गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निःसर्त एमालेलाई नेतृत्व दिनुपर्ने बताए।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily