Aadarsh-Daily

नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशन आगामी वैशाख १७ र १८ गते हुने

ad-4p

:नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशन आगामी वैशाख १७ र १८ गते हुने भएकाे छ।

content ad p2

शनिबार वीरगन्जमा बसेकाे एमाले पर्साकाे सचिवालय कमिटीकाे बैठकले जिल्ला अधिवेशन बैशाख १७ र १८ गते गर्ने निर्णय गरेकाे हाे।

content left

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लाल बङ्गालमा नेपका एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने भएको छ ।

जिल्ला इन्चार्ज अच्युत मैनालीकाे प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा बसेकाे बैठकले जिल्ला अधिवेशन वीरगन्जको लालबंगला परिसरमा गर्ने निर्णय गरेकाे जिल्ला सचिव मनाेज गुप्ताले जानकारी दिए।जिल्ला अधिवेशनकाे प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेपनि उनले बताए ।

यस्तै बैठकले जिल्ला अध्यक्ष शर्माको प्रस्ताव अनुसार र बर्तमान जिल्ला कमिटीलाई मूल आयोजक कमिटीमा रुपान्तरण गर्दै प्रतिनिधि चयनका लागि मापदण्ड समेत तय गरेको सचिव गुप्ताले जानकारी दिए ।

जिल्ला अधिबेशन सम्पन्न गर्नका लागि बैठकले नेताहरुको कार्य बिभाजन समेत गरेको छ । जिल्ला अधिवेशनका प्रतिनिधि प्रमाणित गर्ने जिम्मा कृषि तथा पशुपंक्षी विकासमन्त्री मन्त्री ज्वाला साहलाई दिने निर्णयपनि भएको सचिव गुप्ताले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily