Aadarsh-Daily

बीरगन्जबाट भारतीय कम्बल बाबा फरार ,प्रहरी र भक्तजनहरुबीच झडप

ad-4p

पर्सा ।  भारतीय कम्बल बाबा अहिले बीरगन्जबाट फरार भएका छन् । विभिन्न रोगको छोएर निको पार्ने भन्दै ४ दिन अगाडि सुरु भएको शिविरबाट कम्बल बाबा आज फरार भएको बताइएको छ ।
स्रोतका अनुसार आयोजकले सेवा लिन आउने भक्तजनहरु पैसा उठाउन थालेपछि विवाद हुने डरले कम्बल एकाएक फरार भएको हुन् ।

content ad p2
content left

स्रोत भन्छ,‘धैरै भीड आउन थालेपछि आयोजक पैसा उठाउन थाल्यो, तर बाबाले नउठाउँन भनिरहे । तैपनि आयोजकले बाबाको कुरा नमानेपछि कम्बल बाबा फरार भए ।’
विभिन्न रोगको छोएर निको पार्नका लागि बीरगन्जको चिनीमील पिप्रामा शिविर चलाएका कम्बल बाबा आज एकाएक फरार भएको प्रहरीले पनि पुष्टि गरेको हो ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार पिप्रामा शिविर चलाइरहेका कम्बल फरार भएको सूचना आएको छ ।
कम्बल बाबा फरार भएको सूचना आएपछि सर्वसाधारणको सुरक्षाका लागि प्रहरी खटाइएको पर्सा प्रहरी प्रमुख ढुंगेल बताउँछन् । यही ३० गतेदेखि कम्बल बाबाले सुरु गरेको शिविर १० चैतसम्म सञ्चालनको तालिका थियो ।

यसैबीच कम्बल बाबा फरार भएपछि चिनीमिल पिप्राको अवस्था तनावग्रस्त बनेको छ । भीड नियन्त्रण गर्न पुगेका प्रहरी र कम्बल बाबाका भक्तजनहरु दोहोरो भीडन्त भएको प्रहरीले जनाएको छ ।

सुरक्षा दिन पुगेका प्रहरीमाथि कम्बल बाबाका भक्तजनहरु ढुंगामुडा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्नका लागि प्रहरीले लाठी चार्जसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले लाठी चार्ज गरेपछि पिप्राको अवस्था भने अहिले सामान्य बनेको प्रहरी बताउँछ । अचानक फरार भारतीय कम्बल बाबाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनायो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily