Aadarsh-Daily

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई पुरयाइयो सिआइबीमा

ad-4p

काठमाडौं,५चैत: ९ किलो सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं लगिएको छ।

content ad p2
content left

यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट महरालाई काठमाडौं लगिएको हो। उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ। प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तु क्षेत्रबाट महरालाई पक्राउ गरेको थियो।

भेपमार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमा राखेर ६० किलो सुन तस्करी गरेको सम्बन्धी बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालय हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको हो।सेतोपाटी

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily