Aadarsh-Daily

जनमत पार्टीमा औषधी व्यवसायी यादव प्रवेश, अध्यक्ष राउतले गरे स्वागत

ad-4p

वीरगञ्ज । वीरगञ्जका औषधी व्यवसायी बिचारी प्रसाद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी यादवलाई जनमत पार्टीका अध्यक्ष प्रतिनीधि सभा सदस्य डा. सिके (चन्द्रकान्त) राउतले सदस्यता प्रदान गरेका हुन् ।

content ad p2
content left

पार्टीको सदस्यता प्रदान गर्दै अध्यक्ष राउतले जनमतप्रतिको आकर्षण बढ्दै गएको दाबी गरे । व्यवसायीदेखि समाजसेवी एवम् सबै क्षेत्रका व्यक्तिहरुको आगमनले पार्टी अझै सशक्त बनेको राउतको दाबी छ । जनमत पार्टीमा प्रवेश गरेका यादव FANCAN का मधेस प्रदेश अध्यक्षसमेत हुन् ।

पार्टीमा यादवको प्रवेशले पर्सा जिल्लामा जनमत अझै बलियो बनेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । आगामी दिनमा अझै धेरै व्यक्तिहरुको पार्टीमा प्रवेश गर्ने लहर चल्ने पनि उनको जिकिर छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily