Aadarsh-Daily

धरानमा खानेपानीको हाहाकार

ad-4p

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको छ । विगत केही महिनायता खानेपानी समस्या चर्किंदै गएको छ । धरानमा बर्सेनि बसोबास बढेकाले खानेपानी समस्या चुलिँदै गएको छ । धरानमा वर्षेनी खानेपानीको समस्या बढ्दै गएपछि धरानका नगरप्रमुखको पहलमा कोकाहा नदीवाट पाइप विछ्एर धरानमा खानेपानीका केही हदसम्म समस्या सामाधान गरिएको थियो ।

content ad p2
content left

तर जङ्गलमा लागेको डढेलोले खानेपानीको पाइप जलाएपछि पानी अवरुद्ध हुन पुगेको हो ।पानी आउन वन्द भएपछि धरानको केही वडाहरुमा पानी आउन बन्द भएको छ । धरानको ११,१२ र १५ वडामा बढि पानीको समस्या देखिएको छ । चारकोशे जङ्गल क्षेत्रवाट छवटा बोरिङमार्फत धरानमा पानी आपुर्ती गरिंदै आएको छ ।

तर लगातारको खडेरीले पानीका मुहान सुकेका कारण समेत सर्वसाधारणको धारामा पानी नआउँदा धरानमा अहिले पानीको हाहाकार भएको हो । धरानमा दैनिक तीन करोड खानेपानीको माग रहेको छ । तर दुइ करोड लिटर पानीको मात्र आपुर्ती हुने गरेको छ । यो खडेरीमा झनै पानीको अभाव चुलिएको छ ।

सम्बन्धित खबर

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily

जितिया मेलामा कुस्तीको रौनक, औराहा पञ्चगावामा दंगल सुरु

Aadarsh Daily