Aadarsh-Daily

पर्साको दलित आधारभूत विद्यालयको ममर्तसम्भार तथा रंगरोगन

ad-4p

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा रहेको दलित आधारभुत विद्यालयको जीर्णाेद्वार गरिएको छ । विद्यालयको भवनहरू जीर्ण भएर पठनपाठनमा समस्या भएपछि गौतम माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरू र श्रीपुरस्थित नेपाली सेनाको श्रीजंग गणका सेनाहरूको सहयोगमा भवनहरूको मर्मतसम्भार र रंगरोगन गरेर जीर्णाेद्वार गरिएको हो ।

content ad p2
content left

गौतम माध्यमिक विद्यालयका व्यावस्थापन समिति र विद्यार्थीहरको सक्रियता र नेपाली सेनाको भौतिक सहयोगमा जीर्णाेद्वार गरिएको विद्यालय भवनको आज हस्तान्तरण गरिएको छ । हस्तान्तरणको ओैपचारिक कार्यक्रममा बोल्दै सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले स्थानीय सरकारले गर्नुपर्ने काम संस्थागत विद्यालयका विद्यार्थी र नेपाली सेनाले गरेकोमा धन्यवाद दिदै विद्यालयको अन्य सेवा सुविधामा पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोरख प्रसाद रामको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका सहायक सेनानी विकास मरहठ्ठा, गौतम विद्यालयका निर्देशक सोनम लामा, शिक्षा प्रमुख गणेश क्षेत्री, सामजिक विषयका प्रमुख दिनेश क्षेत्री, दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक नवलकिशोर प्रसाद लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सौराज प्रधानले गर्नुभएको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily