Aadarsh-Daily

वीरगन्ज, जनकपुर र राजविराजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको छ : स्वास्थ्यमन्त्री यादव

ad-4p

जनकपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीरगन्जसहित मधेसका तीन शहरमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको बताएका छन् ।

content ad p2
content left

शुक्रबार जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरमा नव निर्मित बर्थिङ सेन्टरको समुद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले मधेस प्रदेशले छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै वीरगन्ज, जनकपुर र राजविराजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको बताएका हुन् ।

यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको बताए।दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको सम्बोधन गर्दै मन्त्री यादवले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशनसमेत दिए।

प्रतिष्ठानका उपकुलपति डा अंकुर साहको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी लगाायतकोपनि सहभागिता थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily