
वीरगञ्ज । पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ लंगडीबाट पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर निवासी ३० वर्षीय सुजित राउत कुर्मीलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
बंैकिङ कसूर मुद्दामा ३ दिन कैद र २५ लाख जरिवाना सजाय पाएका कुर्मी लुकीछिपी बस्दै आएको सूचनाका आधारमा खोजी गरेर पक्राउ गरिएको थापाले बताए । उनकाअनुसार पक्राउ परेका कुर्मीलाई पर्सा जिल्ल अदालतमा उपस्थित गराइएको छ ।

