Aadarsh-Daily

पर्साकाे हुलाकी सडक दुर्घटनामा एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा

ad-4p
content left

वीरगन्ज । पर्साको सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा माेटरसाईकल आपसमा ठाेक्किएर भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।अर्का एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा दुवै माेटरसाइकलका चालक गम्भीर घाइते भएकाेमा एक जनाकाे अस्पताल पुर्याउने क्रममा बाटाेमै मृत्यु भएकाे हाे।
गण्डक नहर भन्दा उत्तर पट्टि सखुवा प्रसौनी -६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आउँदै जाँदै गरेका ना ७ प २६०३ र प्रदेश २- ०३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएकाे दुर्घटनामा परि दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
स्थानीयबासी र प्रहरीले दुवै घाइतेलाई उद्धार गरि एम्बुलेन्समा राखेर उपचारका लागि वीरगन्ज पठाएकोमा
ती मध्ये ना ७ प ५३१५ नम्बरको माेटरसाइकल चालक पर्साकै जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरका अन्दाजी ३० बर्षिय हरिन्द्र चाैधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
अर्का गम्भीर घाइते पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४२ बर्षिय शेख जावेद आलमकाे भने नारायणी अस्पतालकाे आइसियुमा उपचार भईरहेकाे र उनकाे अवस्थापनि सिकिस्त रहेकाे थापाले बताए ।
घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily