Aadarsh-Daily

गुजरामा प्रप्रअ अधिकारीको चरम लापरवाहीको कारण करोडौँको राजस्व घाटा

ad-4p

राैतहट । आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पनि बकैया नदीको नदीजन्य पदार्थ ठेक्कामा लाग्न नसक्दा गुजरा नगरपालिकाको राजस्वमा करोडौँको क्षति भएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृतको चरम लापरवाहीले नगरलाई करोडौँ घाटा हुने निश्चित भएको हो । नगरपालिकाकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)का लागि प्रदेश सरकारलाई पठाएको कागजपत्र नै नमिलेपछि प्रदेशले पुनः वातावरणीय परीक्षण गराउन कागजपत्र फिर्ता पठाएपछि प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले कुनै पहल नै गरेका छैनन् ।

content ad p2
content left

जेठ मसान्तसम्म मात्र नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा, ग्रावेल उत्खनन गर्न पाइने प्रावधान छ । चैत महिना बित्न लाग्दा पनि प्रप्रअ अधिकारीले न त पुनः वातावरणीय परीक्षण नै गराएका छन् न त वन कार्यालयसित समन्वय नै गरेका छन् । प्रप्रअ अधिकारीको चरम लापरवाहीको कारण नगरपालिकालाई करोडौँको राजस्व घाटा भएकोमा जनप्रतिनिधिहरुले व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । यसै गरी स्थानीयवासी नगरपालिकाको विकासमा खर्च हुने करोडौँ राजस्व नउठेपछि कार्यालय प्रमुख अधिकारीप्रति आक्रोशित देखिएका छन् । प्रप्रअ अधिकारीले प्रक्रिया नमिलेर टेन्डर हुन नसकेको स्वीकार गर्दै यस आवमा टेन्टर हुन नसक्ने बताउँछन् ।

अधिकारीले वनको सहयोग नभएको कारण टेन्डर हुन नसकेको बताउँछन् । आइइइको प्रक्रिया नै गलत भएको कारण दुई करोडभन्दा बढी राजस्व घाटा भएकोमा स्थानीय आक्रोशित देखिएका छन् । गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बकैया नदीको आइइइ कन्सल्टेन्टले नै राम्रोसित नबनाएको कारणले नदीजन्य पदार्थको उत्खनन हुन नसकेको बताएका छन् । नदीबाट दुई करोड रुपैया आउने भन्ने अनुमानको आधारमा बजेट विनियोजन गरिएको तर टेन्डर हुन नसक्दा विकास नै प्रभावित हुने अवस्था आइसकेको नगर प्रमुख चौधरीको कथन छ ।

एकातिर कार्यालय प्रमुखले आइइइ गराउन नसकेको कारण खोलाको टेन्डर नभएर करोडौँ राजस्व घाटा भएको छ भने अर्कोतिर खोलाको नदीजन्य पदार्थको अवैध दोहन फस्टाउँदा पनि कार्यालय प्रमुख अधिकारीले रोक्न सकेका छैनन् । बकैया नदीबाट हरेक दिन बालुवा, गिटी, ग्रावेल अवैध रुपमा निकालेर बेच्ने काम भइरहेको छ । कार्यालय प्रमुखले ध्यान नदिँदा नगरपालिकालाई दोहोरो घाटा भइरहेको स्थानीयको आरोप रहेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily