Aadarsh-Daily

आईपीएलमा आज बैंग्लाेर र राजस्थान भिड्दै

ad-4p

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लाेर खेल्दैछन् ।यी दुई बिचकाे खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे जयपुरमा सुरु हुनेछ ।

content ad p2
content left

यसअघिका तीन वटै खेल जितेको राजस्थान ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । तर चार खेलमा एउटा मात्रै जितेको बैंग्लाेर भने २ अंकका साथ आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र बैंग्लाेरबिच ३० वटा खेल भएकोमा राजस्थानले १२ र बैंग्लाेरले १५ खेल जितेको छ । तीन खेल नतिजाविहीन भएको थियाे।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ । जितसँगै हैदराबादको चार खेलमा चार अङ्क भएको छ । हैदराबाद पाँचौ स्थानमा छ । त्यस्तै चार खेलमा चार अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily