Aadarsh-Daily

चाउचाउको कार्टुनमा लुकाएर लागू औषधको तस्करी गर्ने दुई युवक सर्लाहीमा पक्राउ

ad-4p

सर्लाही । सर्लाहीको नवलपुरबाट प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकै हरिपुर नगरपालिका वडा नम्बर ७ चिताइनका २८ बर्षिय पिन्टु कुमार गुप्ता र ३० बर्षिय राजेश सहनी रहेका छन् । उनिहरुलाई लागु औषध नाइट्रोभेट ट्याब्लेट ३ हजार पिससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

content ad p2
content left

नेपाली प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो वीरगन्जले दिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर चोकमा ज ४ प ५१३६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उक्त मोटरसाइकलमा सवार गुप्ता र सहनीले चाउचाउको कार्टुनभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा नाइट्रोभेट ट्याब्लेट ३ हजार पिस बरामद गरिएको प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily