Aadarsh-Daily

नेकपा एमाले बाराकाे अध्यक्षमा पाण्डे निर्वाचित

ad-4p

बारा । नेकपा एमालेको बारा जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । शनिबारराति सकिएकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार अध्यक्षमा ३ सय ७७ मतका साथ पाण्डे विजयी भएका हुन्।उनका प्रतिस्पर्धी टिना सुवेदीले ३ सय ४३ मत ल्याइन् । शुक्रबार भएकाे मतदानमा पाण्डे र सुवेदी र दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

content ad p2
content left

अध्यक्षमा पाण्डे निर्वाचित भएपनि उपाध्यक्षसहित पदाधिकारीमा भने सुवेदीको प्यानल निर्वाचित भएको छ । उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् । सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाए । उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् ।

महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् । एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ गतेबाट सुरु भएको एमालेको ११ औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्ननसकेपछि चैत२३ गते शुक्रबार राति मतदान भएको थियो ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily