Aadarsh-Daily

बाराकाे राइस मिलबाट तस्करीकाे ९० बाेरा प्याज बरामद

ad-4p

भारतबाट तस्करी गरेर ल्याई बाराकाे सीमावर्ती क्षेत्रकाे एक राइस मिलमा भण्डारण गरि राखिएको ठूलाे परिमाणकाे प्याज प्रहरीले बरामद गरेकाे छ।

content ad p2
content left

विशेष सुचनाकाे आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय प्रसाैनी र छतवाबाट खटिएको प्रहरी टाेलीले ९० बाेरा प्याज बरामद गरेको हाे।बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर २ कान्तिपुरस्थित कायख राईस मिलभित्र अवैध रुपमा भण्डारणा गरेर राखिएको ९० बाेरा प्याज बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए।

बरामद प्याजकाे बजार मूल्य अन्दाजी १ लाख ५० हजार रुपैयाँ रहेकाेपनि उनले बताए ।बरामद प्याज जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily