Aadarsh-Daily

वीरगन्जमा पनि इर्द पर्बको उल्लास

ad-4p

वीरगन्ज । धर्मावलम्बीहरुले आज बिहीबार आफनो महान् चाड ईदउल फित्र (ईद) पर्ब हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक महिना सम्म लगातार रोजा बसेका मुस्लिम धर्मावलम्बीले आज बिहिबार इर्द पर्ब मनाइरहेका हुन् । अरबी पात्रो हिजरी संवत अनुसार , मुस्लिम धर्ममा दशौं महिना (सौवाल) को पहिलो दिन आज बिहीबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा परिकार खान दिने चलन छ ।ईद पर्बका अवसरमा मुस्लिम धर्मावलम्बीले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।

content ad p2
content left

वीरगन्जमा पनि मुस्लिम धर्मावलम्बीको बाक्लो बस्ती रहेका छपकैया ,लाठगल्ली , मुर्ली , इनर्वा , रानीघाट , श्रीपुर,बहुअरी,इनर्वा लगायतका टोलमा आज बिहीबार बिहानै देखि ईद पर्बको चहल पहल देखिएको छ । यस्तै पर्सा र बाराका ग्रामीण भेगमा पनि आज बिहीबार हर्षोल्लासका साथ ईद पर्ब मनाइदैछ । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको वीरगन्जका मौलाना नुरुल होदाले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बुधबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईद उल फित्र भनिएको हो । इर्द पर्बको अर्को उल्लेखनीय पक्ष भनेको दीनदुःखी र गरिबलाई दान दिनुपनि हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको मौलाना होदाले जानकारी दिए । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा त्यस बराबरको नगद दान पनि गर्छन् । जसलाई सत्कार फितर भनिन्छ ।

यो दान आमाको पेटमा आएको बच्चाकोपनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दानपनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि इदुल फित्र पर्ब मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजान समेत भनिने यो ब्रत गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ ।नवाैं महिना रमजानमा बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले भोजन गर्छन् । इर्द पर्बको अवसरमा संघ सरकारले बिहीबार सार्वजनिक बिदापनि दिएको छ ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily