Aadarsh-Daily

परवानीपुरका २ जना मोटरसाइकल चोर पक्राउ

ad-4p

बारा । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल स्थितवाट ना ६५ प ६६५६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी भागेकोमा अनुसन्धान गर्दै जाने क्रममा उक्त दुर्ई जनालाई पक्राउ गरेको हो ।

content ad p2
content left

पक्राउ पर्नेमा जिल्लाको परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल बस्ने अन्दाजी २१ वर्षीय बली साह सोनार र सोही ठाउँमा बस्ने अन्दाजी २५ वर्षीय रामनिवाश राउत भेडियर रहेको प्रहरीले जनाएको छ ।

मंगलवार बेलुका अन्दाजी ८ बजेको समयमा जिल्लाको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकल सहित दुबै जनालाई फेला पारेको थियोे ।

मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद लिई अन्य अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily