Aadarsh-Daily

आज चैते छठ पर्व तराई मदेशको जिल्ला भरी धुमधामसंग मनाइँदै

ad-4p

वीरगन्ज । तराई मदेशको जिल्ला भरी आज चैते छठपर्व धुमधामका संग मनाईदै छ। शुक्रबारदेखि शुरु भएको चैत छठ पर्वको तेश्रो अर्थात आज मुख्यदिन रहेको छ । आज अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भोली सोमबार विहान उदाउदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुनेछ ।

content ad p2
content left

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् । अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

वीरगन्जको घडीवर्वा पोखरी, जनकपुरको गंगासागर ,अंर्गजा पोखरी ,धनुष सागर सहितका विभिन्न जलासयहरुमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ । चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमा मनाईने यो छठ पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily