Aadarsh-Daily

वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आज साँझ ‘महाआरती’ गरिदैँ

ad-4p

वीरगंज । वीरगञ्जको माइस्थानस्थित गहवामाईको सामुहिक ‘महाआरती’ गरिने भएको छ । आज साँझ भव्य रुपले गहवामाईको सामूहिक ‘महाआरती’ गरिने तयारी गरिएको हो ।

content ad p2
content left

रामनवमी तथा चैते दशैको अवसरमा साझँ ६ बजेदेखि गहवामाई मन्दिर परिसरमा सामूहिक रुपले महाआरती गरिने गहवामाई रथ यात्रा समितिले जनाएको छ । महाआरतीका लागि सम्पूर्ण तयारी पूरा भएको समितले जनाएको छ ।

मितिका महासचिव पप्पु गुप्ताका अनुसार प्रहरी प्रशासनको कडा सुरक्षा व्यवस्थाबिच महाआरतीलाई सभ्य तथा भव्य रुपले सम्पन्न गराउने तयारी छ । महाआरतीमा अत्याधिक भिड हुने र सोहीलाई मध्यनजर गर्दै विशेष सूरक्षा साथ महाआरती गराउने उनले बताए ।

पर्सा, बारा लगायत छिमेकी राज्य भारतका हजारौँ भक्तजनहरुले समेतले ‘महाआरती’ मा सहभागिता जुटाउने उनको अनुमान छ ।
महाआरतीका लागि कुनैपनि भक्तजनसंग कुनै प्रकारको शुल्क नलिइएको महासचिव गुप्ताले बताए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily